punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाले चुनावमा २६ लाख १२ हजार खर्च गरे

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगसमक्ष पेश गरेका छन् । मंगलबार उनले प्रतिनिधिमार्फत आफ्नो चुनावी खर्चको विवरण बुझाएका हुन् ।

स्रोतका अनुसार प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ ।

हालै सम्पन्न निर्वाचनमा प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २५ हजार ५३४ मतसहित उनी लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार मतान्तरले पराजित गरेका थिए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिइसकेको छ । सो पश्चात् निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरूले पनि खर्चको विवरण बुझाउन थालेका छन् ।


२० मंसिर २०७९, मंगलवार १९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु