दाङमा बस र टिपर एकापसमा ठोक्किँदा ८ जना घाइते

दाङमा टिपर र बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन्।

लमहीबाट घोराही जाँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर र घोराहीदेखि बुटवल जाँदै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो।

दुर्घटनापछि अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र दुई वटा मोटरसाइकलमा क्षति पुगेको वडा प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेको बस हटाउने क्रममा बस ब्याक हुँदा कार र मोटरसाइकलमा क्षति भएको छ। कारमा सवार थप पाँच जना यात्रु घाइते भएका छन्। घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ।


२० मंसिर २०७९, मंगलवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु