ओली चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै छन् ।
अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्की चुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।
बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेन २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओली सहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।
यस अघि १८ गते ओलीले दार्चुला,बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए ।
२६ कात्तिक २०७९, शनिवार ०८:२८ बजे प्रकाशित































