punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट पाँच उत्कृष्ट राष्ट्र सेवक कर्मचारी सम्मानित

Chaupati
safha napa

इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेका छन् ।

निर्वाचनको समय भएकोले यस वर्षको सम्मान कार्यक्रम सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । १०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण हजारौँ व्यक्तिले हेरेका थिए ।

No description available.

पाँच जना आईकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन राख्नुकासाथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड गरिएको थियो ।


२४ कात्तिक २०७९, बिहीवार २३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु