nast

जि.बि आग्रीको निर्देशनमा बनेको “रानी माया ” सार्वजनिक (भिडियोसहित)

निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो ‘रानीमाया’ सार्वजनिक भएको छ ।

‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको स्वर रहेको गीतमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन् । सार्वजनिक गीत ‘रानी माया’ बोलको गीतमा श्रीकृष्ण बम मल्लको शब्द रहेको छ भने सङ्गीत र ए रेन्ज कृष्ण बिकको रहेको छ ।

गीतमा गायक कृष्ण वि।क र अनु आचार्यले अभिनय गरेका छन् । गीतको मिक्स मास्टरिङ् श्याम स्वीट् रसाइलीले गरेका छन् । भिडियोको रङ्ग संयोजन रेनिस फागोले गरेका हुन् भने बनिश शाहले भिडियो सम्पादन गरेका छन् ।गीतको कोरियोग्रफर कबिराज गहतराज हुन् भने छायांकन सन्जय लामाले गरेका छन् ।

निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए । ‘गीतलाई हेर्दा पनि उत्तिकै आनन्द आओस् भनेर सकेको मेहनत गरेका छौँ । गीतमा सामान्य युवा र राजकुमारीको प्रेमलाई देखाउन खोजिएको छ । गीतले दर्शक र श्रोताको मन जित्नेमा विश्वस्त छु,’ निर्देशक जीबीले भने । भिडियोको गीतलाई ओएस.आर डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


२४ कात्तिक २०७९, बिहीवार २०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु