punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजकाे माैसम : बदलीसँगै वर्षा र हिमपातकाे सम्भावना

Chaupati
safha napa

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र  देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


२५ कात्तिक २०७९, शुक्रवार ०७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु