punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आम्दानीको मुख्य स्रोत तरकारी खेती

Chaupati
safha napa

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् ।

यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ”, विगत सम्झिँदै उनले भने, “अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पु¥याएको छु ।” यहाँका किसानले दुई कठ्ठादेखि दुई÷तीन बिघासम्ममा तरकारी खेती गरिराखेको उनले बताए । “हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो”, उनले भने, “यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौँ ।”

डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताए । “मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ”, उनले भने, “कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ।” भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उनको गुनासो छ ।

त्यसैगरी तरकारी खेतीमा लाग्नुभएका मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताए । “बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ”, उनले भने “हामीले विषादीरहित तरकारी उत्पादन गछौं, यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन ।” उनले विभिन्न समस्याका बावजुत पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको बताए ।

ुशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास ९होमस्टे० पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उनको भनाइ छ ।

तरकारी खेतीमा लागेका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताए । “तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ”, उनले भने, “तरकारीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म फाइदा हुने गरेको छ ।” यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उनीहरु बताउँछन । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् ।


२० कात्तिक २०७९, आइतवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु