punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीनजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो। गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ।

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको होे। ठक्कर दिएर फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


२० कात्तिक २०७९, आइतवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु