punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृहजिल्लामा देउवाको व्यस्तता : आज पनि दुई चुनावी सभामा सम्बोधन गर्दै

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पनि गृहजिल्लामा दुई चुनावी सभामा सम्बोधन गर्दै छन्।

बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ​

देउवा चुनावी कार्यक्रममै व्यस्त रहेकाले काठमाडौं फकिने समय तय भइनसकेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

देउवा गत बुधबार मात्र धनगढी हुँदै बिहीबार डडेलधुरा पुगेका थिए। उनले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्क तथा शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा सम्बोधन गरेका थिए।

उनले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभा सम्बोधन गरेका थिए। ​देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

 


२० कात्तिक २०७९, आइतवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु