घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु
काठमाडौं बागबजारमा घरको पाँचौं तलाबाट खसेकी २ वर्षीया बालिकाको मृत्यु भएको छ । गएराती २१:२० बजे नानीदेवी महर्जनकी छोरी रियासा आफ्नै घरको पाचौँ तलाको झ्यालबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।
उनको ट्रमा सेन्टरमा उपचारका क्रममा राति २:४० बजे मृत्यु भएको प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।
१४ कात्तिक २०७९, सोमवार ०९:१७ बजे प्रकाशित































