punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत मोतिहारी जिल्ला बलहीका ३५ वर्षीय रमेश माझीको साथबाट साढे ३ किलो, हरिन्द्र माझीको साथबाट ४ किलो र दिलिप माझीको साथबाट ५ किलो गरि साढे १२ किलो गाँजा वरामद भएको हो ।

उनीहरूलाई मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले पक्राउ गरेको हो । बागमति प्रदेश ०३–००१च १३१८ नम्बरको गाडीमा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको तीनैजनालाई प्रहरीले विशेष सूचनाको आधारमा पक्रन सफल भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।


२७ असोज २०७९, बिहीवार १७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु