punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीभीएसको मोटरसाइकल खरिद गर्दा डोटीका महतले पाए ‘फुल क्यास ब्याक’

Chaupati
safha napa

डोटीका एक जना व्यक्तिले धनगढीस्थित बागेश्वरी अटोमोटिभ्स (टीभीएस) शोरुमबाट मोटरसाइकल खरिद गर्दा फुल क्यास ब्याक पाएका छन् ।

डोटीको केआईसिंह गाउँपालिका- ७ का जितबहादुर महतले टीभीएस कम्पनीको अपाची आरटीआर १६० सीसी मोटरसाइकल खरिद गर्दा ‘लक्की ड्र’ मा मोटरसाइकलको कूल रकम रु ३ लाख ३ हजार ९ सय फुल क्यास ब्याक पाएका हुन् ।

कम्पनीले चाड पर्वको अवसरमा ल्याएको ‘कायापलट योजना’ अन्तर्गत महतले खरिद गरेको मोटरसाइकल लक्की ड्रमा पर्न सफल भएको बागेश्वरी अटोमोटिभ्सका संचालक प्रेम साउँदले जानकारी दिए ।

No description available.

विहीबार एक कार्यक्रमकाबीच शोरुमले विजेता महतलाई फुल क्यास ब्याक पाएकोमा खरिद रकम बराबरको चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरणपछि बागेश्वरी अटोमोटिभ्सले विजेता महतसहित धनगढी चौराहदेखि मोतिचोकसम्म मोटरसाइकल र्‍यालीसमेत निकालेको छ ।

संचालक साउँदले हरेक वर्ष धनगढीबाट टीभीएसको ग्राहलाई कुनै न कुनै उपहार पर्दौ आएको जानकारी दिए । टीभीएसले दशैं र दिपावलीसम्म विभिन्न अफरहरु राखेको अटोमोटिभ्सका सञ्चालक साउँदले बताए ।


२७ असोज २०७९, बिहीवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु