punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य, हाल सम्म ६७ वटा विधेयक पारित

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभाको दसौं तथा बर्खे अधिवेशन शुक्रबार राति अन्त्य हुने भएको छ । पहिलो प्रदेशसभाको कार्यकालको यो अन्तिम अधिवेशन पनि हो ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिस बमोजिम चालु बर्खे अधिवेशन  आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्यको आह्वान गरेका हुन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको अधिवेशन अन्त्यसम्बन्धी पत्रबमोजिम राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरे । प्रदेशसभाको पाँच वर्षे कार्यकाल आगामी मंसिरमा समाप्त हुँदैछ ।

गत जेठ १६ गते प्रदेशसभाको दसौं अधिवेशन सुरु भएको थियो । बर्खे अधिवेशनमा २७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार ५ वर्षे कार्यकालमा प्रदेशसभाले संशोधन विधेयकसहित ६७ वटा विधेयक पारित गरेको छ ।


१७ भदौ २०७९, शुक्रवार २०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु