punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्यनारायण श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न मागसहित ज्ञापनपत्र

Chaupati
safha napa

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज० कैलाली शाखाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार फोनिज कैलालीका अध्यक्ष राम दहितको नेतृत्वमा फोनिज कार्या समितिको पदाधिकारी र सदस्यहरुले पत्रकार महासंघको अध्यक्ष हिमाल जोशी र सचिव प्रेम चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व सत्यनाराण बहादुर श्रेष्ठ हुन् र श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै पत्रकार महासंघ र सरकारलाई दवाव दिन फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज जिल्ला शाखा कैलालीले पत्रकार महासंघ जिल्ला शाखा मार्फत् केन्द्रलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकार र पत्रकार महासंघले स्व।कृष्ण प्रसाद भट्टराईलाई संथापक अध्यक्ष मान्दै आइरहेको छ । तर तथ्य र प्रमाणले नेपाल पत्रकार संघ गठन गरेर पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ भएकाले फोनिजले पत्रकार महासंघको अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै आएको छ ।

विस २००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको प्रमाणहरु रहेका छन् । वि।स २००९ बैशाख २८ गते श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार संघ पुर्नगठन भएको थियो । वि।स २०१२ चैत्र २६ गते श्रेष्ठ अध्यक्ष र भट्टाइ उपाध्यय भट्टराई सभापति भएका थिए । फोनिजले बुझाएको ज्ञापन–पत्रमा भनिएको छ, ‘वि।सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।’
ज्ञापन–पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली सचिव प्रेम चौधरी, सदस्य कैलाश जोशी, फोनिज कैलाली शाखा सचिव सागर कुश्मी, सहसचिव अनिता चौधरी र कोषाध्यक्ष प्रेमलाल चौधरी पनि उपस्थित रहेको थियो ।


१७ भदौ २०७९, शुक्रवार २०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु