punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिलो एक दिवसीय खेलमा केन्याविरुद्ध नेपालको सानदार जित

Chaupati
safha napa

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा सानदार जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ७ विकेटको जित निकालेको हो ।

केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो । पहिलो विकेटका लागि आसिफले अर्जुन साउदसँग मिलेर १ सय ४१ रनको साझेदारी गरेका थिए ।

नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । १२० बल खेलेका आरिफले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अर्जुनले ९७ बल बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौड्यलले ३ रन जोडे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एकरएक विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेले । पटेलले ६७ रन बनाउँदा ओबुयाले ६२ रनको योगदान गरे ।

त्यस्तै ईफ्रान करिमले ३१ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान तीनरतीन विकेट लिए भने आदिल आलम र पवन सर्राफले एकरएक विकेट लिए ।

जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ ।


१७ भदौ २०७९, शुक्रवार २१:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु