punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन् ।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।


१६ भदौ २०७९, बिहीवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु