punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभाकाे चालु अधिवेशन भोलीदेखि अन्त्य हुने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशन शुक्रबार देखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहिबार बसेको मन्त्रीपरिषद् बैठैकले सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिंदै सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको चालु दशौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको बताए । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले यही एउटा मात्रै निर्णय गरेको उनको भनाई थियो ।

बजेट अधिवेशनकारुपमा हेरिने प्रदेशसभाको चालु अधिवेशन गत जेठ १६ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनवाट प्रदेशसभाले सरकारको नीति तथा कार्यक्रमसँगै चालु आर्थिक वर्ष २०७९र०८० कालागि नयाँ बजेट ल्याउनुकासाथै महत्वपूर्ण केही विधेयकसमेत पास गरेको छ ।


१६ भदौ २०७९, बिहीवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु