एमालेले गर्यो कैलालीका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य थापालाई कारबाही
नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापालाई एमाले कैलालीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीले एक विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम थापालाई कारबाही गरिएको जनाएका छन् ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरीत काम गरेको भन्दै अध्यक्षको जिम्मेवारीबाट हटाइएका थापा आजै नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन् ।
१६ भदौ २०७९, बिहीवार २१:४० बजे प्रकाशित































