punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लाइसेन्सका सबै आवेदन रद्द, बेलुकी ६ बजेदेखि नयाँ आवेदन खुल्ने

Chaupati
safha napa

सवारीचालक अनुमतिपत्रका सबै आवेदन रद्द भएका छन् । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सवारीचालक अनुमतिपत्रको हालसम्म परेका आवेदन फारम (नयाँ र नवीकरण) सबै आवेदन रद्द गरिएको जनाएको हो ।

त्यसैगरी, गत १ चैतदेखि बन्द रहेको अनलाइन फारम आज बेलुकी ६ बजेदेखि खुल्ने विभागले जनाएको छ । विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीले अर्को हप्ताको सोमबारदेखि मात्रै आवेदन दिन सक्नेछन् ।

अब फारम भरेका सेवाग्राहीले धेरैमा १५ दिनमा परीक्षा दिन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

सवारीचालक अनुमतिपत्रको आवेदन फारम भर्नेको सङ्ख्या अत्यधिक भएर परीक्षा दिने मिति २ वर्षभन्दा लामो समय धकलिएको भन्दै यातायात व्यवस्था विभागले गत १ चैतदेखि आवेदन फारम बन्द गरेको थियो ।

 


१६ जेठ २०७९, सोमवार १५:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु