punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु

Chaupati
safha napa

तारा एयरको जहाज दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु भएको छ । आइतवार भएको जहाज दुर्घटनामा मिथिला नगरपालिका-११, लोटाका एकै परिवारका उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको मिथिला नगरपालिका प्रमुख महेन्द्र महतोले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थिए  । तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

 


१६ जेठ २०७९, सोमवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु