punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Chaupati
safha napa

धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

कैलालीका लागि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश जयानन्द पनेरुलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले कार्यालय सञ्चालनसंगै अव मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गतिबिधीको व्यवस्थापन गर्ने बताए ।


८ वैशाख २०७९, बिहीवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु