punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

Chaupati
safha napa

ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या २ पुगेको हो ।

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै अन्य चार जना घाइते भएका थिए ।

घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको ललितपुरका प्रहरी प्रवक्ता शाहले बताए ।


८ वैशाख २०७९, बिहीवार १५:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु