सिरहामा जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते
सिरहामा जन्ती बोकेको बस र टिपर आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको ना। ६ ख.८२०१ नम्वरको बस र को। १ ख. ५४३४ नम्बरको टिपर ठोक्किएको हो । स्थानीयका अनुसार विपरीत दिशाबाट आइरहेको टिपर बसमा ठोकिएपछि दुर्घटना भएको छ ।
दुर्घटनामा दुवैका चालक र बसमा सवार जन्ती गरी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय र प्रहरीले स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा भर्ना गराएका छन् ।
८ वैशाख २०७९, बिहीवार ११:२२ बजे प्रकाशित































