punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेसबुक पेजमा करिश्मा मानन्धरले थपिन् ‘सूर्य कुमारी’ नाम

Chaupati
safha napa

अभिनेत्री करिश्मा मानन्धरले केही समयअघि एमालेको चुनावी कार्यक्रममा आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताइन् । एमालेको चुनाव चिह्न सूर्य भएकाले उनले यही मेसोमा आफ्नो न्वारानको नाम सार्वजनिक गर्न भ्याइन् ।

यही कुरालाई लिएर सोसल मिडियामा उनलाई धेरैले ट्रोल गरे । अझै पनि, फेसबुकमा उनका हरेक पोस्टमुनि कमरेड सुर्जे कुमारी भन्दै खिल्ली उडाउनेहरू कम छैनन् । कमेन्टमा उडाउनेहरूलाई जवाफ दिन करिश्माले आफ्नो फेसबुक पेजमै सूर्य कुमारी नाम थपेकी छन् ।

फेसबुक पेजमा पनि नाम सूर्य कुमारी थप्नुभएछ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘ट्रोल बनाएर उडाउनेहरूलाई जवाफ दिन फेसबुक पेजमै सूर्य कुमारी नाम थपेकी हुँ ।

उनले आफ्नो बायोमा पनि उक्त नामबारे उल्लेख गरेको बताइन् । बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीति थालेकी करिश्मा हालै एमालेमा प्रवेश गरेकी छन् ।


८ वैशाख २०७९, बिहीवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु