जीप दुर्घटना, ७ जनाकाे मृत्यु
स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु प्रहरीले दाबी गरेको छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिए ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको प्रहरी जवान क्षेत्रीले जनाए ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ । उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।
४ वैशाख २०७९, आइतवार ११:५३ बजे प्रकाशित































