punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध सहित ४ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुर प्रहरीले लागु औषध (खैरो हेरोइन र चरेस) सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ नौलाखेत स्थित पैदल हिँड्दै गरेका सोही वडाको बिचपुरी बस्ने २० वर्षीय आवेश चौधरीलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट कागजको टुक्रामा लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ०.५४ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको छ ।

त्यस्तै, सोही स्थानबाट नौलाखेत बस्ने २४ वर्षीय रोहित खत्री र २९ वर्षीय दीपक ऐडीको साथबाट सेतो प्लाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ४.५९ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरको गेट भित्र प्रवेश गरिरहेका कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय म्यादी प्रशिक्षार्थी अनिल बिष्टलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट खुकुरी चुरोटको डिब्बा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ३.७४ ग्राम लागु औषध चरेस बरामद गरिएको बताइएको छ ।

बरामद गरिएको लागु औषध सहित चारै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।


४ वैशाख २०७९, आइतवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु