punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Chaupati
safha napa

सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् । खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराती साढे १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ वर्षीय रविन्द्र यादवलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ वर्षीय भरत यादव र उनको १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

 


४ वैशाख २०७९, आइतवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु