punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु, ७ जना नियन्त्रणमा

Chaupati
safha napa

कञ्चनपुरमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ मुसेपानीमा धामीझाक्रीको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको हो ।

कुटपिटबाट ४३ वर्षीया रन्जुला साउदको मृत्यु भएको हो । भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धर्मानन्द भट्ट र भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्टको कुटाईबाट महिलाको मृत्यु भएको स्थानीयले बताएका छन् । धामीझाँक्रीको काम गर्ने दुबै जनाको कुटाई पछि महिलाको मृत्यु भएको हो । शुक्रबार साँझ जेठानी कमला साउदको घरमा धामीझाँक्री आएपछि रन्जुला झारफुकका लागि पुगेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका आनुसार अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा रहेका छन् । ती महिला केही दिन अघिदेखि बिरामी रहेकोमा झारफुक गर्न धामीझाक्री कहाँ गएकी थिइन् ।  शव परिक्षणपछि बाँकी कुरा भन्न मिल्ने प्रहरी नायव उपरीक्षक शाहले बताए । महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

 


३ वैशाख २०७९, शनिवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु