जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश
जनता समाजवादी पार्टी(जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनलाई शनिवार पार्टीमा प्रवेश गराएका हुन्।
यसअघि जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी ९कुन्दन०माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
३ वैशाख २०७९, शनिवार १२:५७ बजे प्रकाशित































