punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा कागतीको मूल्य बढेको बढ्यै, किलोकै ४ सय रुपैयाँ

Chaupati
safha napa

भारतमा केही दिनयता कागतीको मूल्यले यसअघिका सबै रेकर्ड तोडेको छ । आमरूपमा ५०/६० रुपैयाँ प्रतिकिलो पाइने कागतीको मूल्य कतिपय शहरमा  ४ सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको दैनिक भास्करले लेखेको छ ।

सामान्य अवस्थामा गोटाको २/३ रुपैयाँमा पाइन कागतीलाई अहिले उपभोक्ताले प्रतिगोटा १०/१५ रुपैयाँसम्म तिर्नुपरेको छ । गर्मीमा कागतीको खपत बढी हुने गर्छ । मूल्य बढेको बढ्यै गरेकाले भारतमा कागती सर्वसाधारणको पहुँचभन्दा टाढा भएको छ । भारतमा यो वर्ष कागती उत्पादनमा आएको कमीका कारण मूल्य आकाशिएको बताइएको छ ।


३ वैशाख २०७९, शनिवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु