धनगढीमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रशिक्षण तालिम
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक कार्यक्रम गरिएको छ ।
निर्वाचन कार्यालय प्रदेशको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइन । ‘संघिय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तहनै हो’ उनले भनिन –‘आउँदो ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित, निभय ढंगले सम्पन्न गर्न हामी सबैको दायित्व र कर्तव्य रहेको छ ।’
उनले स्थानीय तह सञ्चालन र व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको रहेको बताइन ।
उनले यहाँ“ (मतदान अधिकृत÷सहायक निर्वाचन अधिकृत) हरुको अनुभव र सुझावलाई आयोगले सधै ग्रहण गर्ने बताइन । उनले सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० मतदाता रहेको र मतदान केन्द्र दुई हजार एक सय तीन रहेको बताइन ।
उनले निर्वाचनको शुरुवातदेखिनै गर्नुपर्ने कुराहरुको सबैले मनन गर्नुपर्ने बताइन । ‘निर्वाचनमात्र होइन मतगणनाका कुरा, मतदान स्थलहरु, केन्द्रहरुलाई आम मतदातामैत्री बनाउने कुरामा पनि ध्यान दिनुहोला’ उनले भनिन ‘विभिन्न प्रकारका मतदाता छन । ती मतदाताहरुलाई सहज ढंगले कसरी पहु“च योग्य बनाउने कुराको पनि मनन गर्न जरुरी छ ।’
उनले आयोगले निर्वाचनको तालिकाअनुसार धेरै अघि बढिसकेको बताइन । उनले हरेक स्थानीय तहमा कार्यालय स्थापना गरि मतदान अधिकृतहरुले आ“चार संहिता उल्लंघनका घटनालाई पनि निगरानी गर्नुपर्ने बताइन । ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन त्यति सहज कार्य पनि होइन । जटिल र व्यवस्थापकिय कार्य पनि भएकाले नियमित सरोकारवालाहरुसंग अन्र्तक्रिया, छलफल गर्दै अघि बढ्यो भने हाम्रो लक्ष्य प्राप्त गर्न सक्छु’ उनले भनिन ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख सचिव रामेश्वर दंगालले सबैको योग्दानबाटै मात्र निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचन लोकतन्त्रको सवल पक्ष रहेको बताए । ‘निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कैलालीमा आवश्यकता अनुसार सुरक्षा निकाय परिचालन गरिने छ’ उनले भने –‘निर्वाचनका बेलामा निर्वाचन लक्षित सुरक्षा योजना बनाउने, निर्वाचन स्थल, कार्यालयलाई सुरक्षित बनाउने, मतगणना र ढुवानी लगायतमा हाम्रा योजना हुन्छन ।’ उनले दुर्गम क्षेत्रमा मतपत्र ढुवानी गर्न हेलिकोप्टर पनि तयारी अवस्थामा राखिने बताए ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव दंगाल, आयोगका सहसचिव डाक्टर अर्जुनकुमार खडका, टेकबहादुर घिमिरे, पूर्व सहसचिव राजेश्वर नेपाल, सहसचिव तोयनाथ सुवेदी लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतको सहभागिता रहेको थियो ।
२ वैशाख २०७९, शुक्रवार २१:५१ बजे प्रकाशित































