पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरापालिका ६ बल्ढेङगढीमा बस दुर्घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ।
लु १ र ४०२ नम्बरको बस पानी डाँडा–जुठा बाटो जाँदै गर्दा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृतकको पहिचान भइसकेको छैन ।
दुर्घटनामा घाइते ४ जनाको पाल्पा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार ६ जना एकै परिवारका रहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
२ वैशाख २०७९, शुक्रवार २०:४८ बजे प्रकाशित































