धनगढीमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ
धनगढीमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका -४ का स्थानीय जगत कुँवरलाई बालिकामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कुँवरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।
आरोपित कुँवरले बुधबार दिउँसो साढे १ बजेको समयमा बालिकाको घरमा प्रवेश गरी कोठाभित्र बसिरहेकी बालिकामाथी हातपात गरेको र त्यो कुरा बालिकाले अपरान्हतिर अभिभावकलाई भनेपछी घटना बाहिरिएको हो । आरोपित जगत घटनालगत्तै फरार भएका थिए ।
कुवँरलाई गत चैत ३० गते नै पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२ वैशाख २०७९, शुक्रवार २२:१२ बजे प्रकाशित































