साना ७३ दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने
आागमी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा साना दलहरूले पनि आआफ्नै चुनाव चिह्न पाउने भएका छन् ।
राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय आयोगले गरेको हो ।
आयोगले चुनाव चिह्नको विषयमा विवाद आएपछि स्थानीय तहको चुनावमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका तर, चुनावमा भाग लिन दर्ता भएका ७३ राजनीतिक दललाई सक्रिय रहेका जिल्ला समितिको विवरण पठाउन पत्राचार गरेको थियो । स्थानीय निर्वाचनका लागि ७९ राजनीतिक दल दर्ता भएका छन्
।
१४ चैत २०७८, सोमवार १७:४९ बजे प्रकाशित































