पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३१९ जना निको भएका छन् भने हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४६६ पुगेको छ ।
१४ चैत २०७८, सोमवार १७:३९ बजे प्रकाशित































