धनगढीबाट ३६ लाख बराबरको सुनचाँदीका गहना बरामद
कैलालीमा सशस्त्र प्रहरीले भन्सार छलीका गरगहना बरामद गरेको छ । सोमबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलाली, बिओपि त्रिनगर र बिओपि डोकेबजारबाट खटिएको गस्ति टोलीले ३६ लाख ८ हजार ४९० मूल्य बराबरका गहना बरामद गरिएको हो ।
बरामद भएका सुन र चाँदीका गहना राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने तयारी रहेको हेडक्वाटरले जनाएको छ ।
१४ चैत २०७८, सोमवार १९:४० बजे प्रकाशित































