punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय टोलीमा परेनन्, विनोद र शरद पनि आउट

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल टिमबाहिर परेका छन् । निरन्तर खराब प्रर्दशन गरिरहेका मल्ल र बिनोद भण्डारीलाई बाहिरै राखेर क्रिकेट एसोसिएसन अफ नेपाल ९क्यान० ले एकदिवसीय र टी–ट्वान्टी टिमको घोषणा गरेको हो । त्यस्तै राष्ट्रिय टोलीका भेट्रान खेलाडी शरद भेषवाकर पनि दुवै सिरिजका लागि घोषित टोलीमा परेका छैनन् ।

२५ मार्चदेखि नेपालले काठमाडौंमा पपुवा न्युगिनीविरुद्ध २ खेलको एकदविसीय सिरिज खेल्दैछ । त्यस्तै पपुवा न्यूगिनीसहित मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृखंलासमेत काठमाडौंमै आयोजना हुँदैछ । उक्त दुवै सिरिजका लागि घोषित नेपाली टोलीमा मल्ल र भण्डारी अटाएका छैनन् ।

आशिफ शेख र कण केसी पनि एकदिवसीय टोलीमा समेटिन सकेनन् । उनीहरु टी–ट्वान्टीको टोलीमा भने समावेश छन् । क्यानले सार्वजनिक गरेको एकदिवसीय तर्फको टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशान भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की रहेका छन् ।

टी–ट्वान्टीतर्फ कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी टोलीमा समावेश छन्


८ चैत २०७८, मंगलवार १७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु