punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

Chaupati
safha napa

क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे ।शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।


८ चैत २०७८, मंगलवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु