punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तनहुँमा पनि अदालत पुग्यो पलविरुद्धको मुद्दा, १२ देखि १४ वर्ष सजाय माग

Chaupati
safha napa

नायक पल शाहविरुद्धको बलात्कार मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा लगेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले सोमवार अनुसन्धान पूरा गरेर फाइल बुझाएपछि सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा अदालतमा पेस गरेको हो।

तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार शाहविरुद्ध नाबालिग बलात्कार प्रकरणमा १२ देखि १४ सजाय र पीडितलाई क्षतिपूर्ति भराउन मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको हो।

‘१२ देखि १४ वर्ष सजाय माग गर्दै मुद्दा अदालत लगेका हौँ। यो भनेको विद्यमान कानुन अनुसार अधिकतम सजाय माग दाबी हो’, उनले भने, ‘साथै पीडितलाई चार लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ।’

जिल्ला सरकारी वकिलको कार्यालय अनुसार तनहुँ घटना हुँदा पनि ती नाबालिगको उमेर १६ वर्षमुनि नै रहेको पुष्टि भएको छ। तनहुँको दमौलीमा घटना हुँदा ती नाबालिग गायिकाको उमेर १५ वर्ष ९ महिना मात्रै रहेको खुलेको छ।

नवलपुरमा घटना हुँदा पनि उनको उमेर १५ वर्ष ८ महिना चार दिन मात्रै रहेको जन्मदर्ताबाट पुष्टि भएको थियो। त्यसैगरी पलका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध पनि मतियारका रुपमा मुद्दा दर्ता गरिएको शर्माले बताएका छन्।


८ चैत २०७८, मंगलवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु