punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै

Chaupati
safha napa

१८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ।खेल भारतको जमसेदपुरमा बेलुका सवा सात बजे हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ ।

तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन। तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।

दुई खेलमा अङ्कविहीन नेपाल पुछारमा छ । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बङ्ग्लादेशसँग पराजित भएको थियो। भारत दुई खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने बङ्ग्लादेश तीन अङ्क जोडेर दोस्रो स्थानमा छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।


७ चैत २०७८, सोमवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु