punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली फुटबल टोली आज थाइल्याण्ड जाँदै

Chaupati
safha napa

एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ।

नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ।

केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए। इन्डोनेसिया र जोर्डन जत्तिकै थाइल्यान्ड भएकाले आफ्नो टोली जित या बराबरीका लागि खेल्ने बिदाई कार्यक्रममा प्रशिक्षक अलमुताइरीले बताए।

राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका राष्ट्रिय टोलीले थाइल्याण्ड भ्रमण गर्न लागेको हो। मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग च्याम्यिनसिप मच्छिन्द्रका खेलाडी विना मैत्रिपूर्ण खेलका लागि टोली बनाएका थिए।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एएफसी छनोटमा नेपाल समूह ए मा रहेको छ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। खेल कुवेतमा हुनेछन्। एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दुई टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछन्।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ। नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ। नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।

 


७ चैत २०७८, सोमवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु