punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झडपमा परी घाइते भएकी एक प्रहरी जवानको मृत्यु

Chaupati
safha napa

मोरङको लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि विद्यालय आइतबार बिहानदेखि तनावग्रस्त बनेको थियो ।आरोपित शिक्षकसँग सोधपुछ भइरहेका बेला स्थानीयहरू विद्यालयमा आएर तानातान गरेपछि विवाद बढेको थियो ।

आरोपी शिक्षकलाई लिन र घटनाको अनुसन्धान गर्न प्रहरी पनि विद्यालयमा पुगेको थियो । भिडले शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका नियन्त्रणमा लिएर विराटनगर लाने क्रममा आक्रोशित भिडले आक्रमण गर्दा महिला प्रहरीको मृत्यु भएको बताइएको छ । शिक्षकले आफूमाथि होलीका दिन दुर्व्यवहार गरेको छात्राले आरोप लगाएकी थिइन् ।

प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले मोरङको लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएका हुन् ।

 


७ चैत २०७८, सोमवार ०७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु