punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

Chaupati
safha napa

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गएराति दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ मा से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते भएकी दुर्गाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा परेर अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेहरुमा सुर्नया गाउँपालिका ३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया बिमला चन्द र २३ वर्षीया पार्वती विष्ट छन्। माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा र बिमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडक नालीमै पल्टिए दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। चालक पाटन नगरपालिका ४ का वीरेन्द्र खत्री फरार रहेका छन्।


७ चैत २०७८, सोमवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु