नदीमा बगेर एक युवक बेपत्ता
अछाममा नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। जिल्लाको साँफेबगर १३ बाब्ला बुढाबगरस्थित बुढीगंगा नदीमा भैँसीलाई तार्ने क्रममा शनिवार युवक बेपत्ता भएका हुन्।
मेल्लेख गाउँपालिका ५ काटेका ३२ वर्षीय लालबहादुर बोहरा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बोहराको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर खोजिपिन गरिरहेका छन्।
उनी चैत २ गते हजुरबुवा नाता पर्ने लालबहादुर बोहरासँगै भैँसी खरिद गर्न बाजुराको सिग्रे गएका थिए। शनिवार भैँसी लिएर घर फर्कने क्रममा उनी बेपत्ता भएको बताइएको छ।
६ चैत २०७८, आइतवार ०९:४४ बजे प्रकाशित































