punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बँदेलको आक्रमणबाट पाँच जना घाइते

Chaupati
safha napa

जंगली बँदेलको आक्रमणबाट गएराति कञ्चनपुरको बेदकोट नगरपालिकाका पाँच जना घाइते भएका छन्। नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दका अनुसार बँदेलको आक्रमणबाट घाइते हुनेमा शोभाक कोली, डम्बर लुहार, पदम कुवँर र शारदा भट्ट छन्।

बँदलेलको आक्रमणबाट घाइते भएका मध्ये चार जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। एकजना समान्य घाइते भएका छन्।

उनी सामान्य उपचार पछि घर फर्केका छन्। अस्पतालमा उपचार भैरहेका चार जनाको बँदेलले आक्रमण गरी शरिरमा चार देखि आठ वटा सम्म घाउ बनाएको छ।

स्थानिय बासिन्दाले गहुँबारीमा आएको बँदेल भगाउने क्रममा आक्रमणमा परी घाइते भएको बताइएको छ।


६ चैत २०७८, आइतवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु