punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज देशका धेरै ठाउँमा घाम लाग्ने, गर्मी बढ्ने

Chaupati
safha napa

आज पनि देशका धेरै ठाउँमा घाम लागेको छ । आज धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेकाले गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । तापक्रम बढेसँगै तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६, भैरहवाको ३६ दशमलव ५, जनकपुरको ३६ दशमलव ४, सिमरा र नेपालगञ्जको ३६ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

प्रि-मनसुनका गतिविधि सक्रिय नभएकाले देशभर गर्मी बढ्दो छ । मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।


६ चैत २०७८, आइतवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु