punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अहिलेको अवस्था हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

Chaupati
safha napa
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरिको अवस्था हेर्दा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । पोखरामा बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे ।
‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘०७४ को परिणाम हाम्रा अगाडि छ ।
अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौँ ।’ उनले तालमेल गरेरभन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय चुनावमा जाने बताए ।
‘एक महिनाभित्र अरू सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन,’ अध्यक्ष प्रचण्डले अगाडि भने । तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ थियो ।

६ चैत २०७८, आइतवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु