punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

Chaupati
safha napa

बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोटको भाटालामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मौराबाट फर्किरहेको सुपप्र ०१००२ त ५५९८ नम्बरको ट्याक्टर शनिवार राति साढे ८ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ट्रयाक्टर चालक बर्दियाको ठाकुरबाबा नगरपालिका– ५ का ३२ वर्षीय अर्जुन थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

ट्रयाक्टर सडकमै पल्टिँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

 


६ चैत २०७८, आइतवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु