punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

Chaupati
safha napa

नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा १ जनामा संक्रमण देखिएको छ। त्यस्तै अन्य जिल्लामा ६ जनामा देखिएको हो। नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।


५ जेठ २०७७, सोमवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु