punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना बाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारको रिपोर्ट नेगेटिभ

Chaupati
safha napa

जेठ ५ काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरी महिलाको १३ दिने नवजात शिशु र परिवारका अन्य ४ सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । । धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ दिने शिशुसहित सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित उनको श्रीमान, उनकी आमा र बहिनीको पनि नमुना संकलन गरिएको थियो । नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।


५ जेठ २०७७, सोमवार ०६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु